चलचित्रका चर्चित यी डाइलग, जसले कलाकारलाई स्टार बनायो

काठमाडौं – राजेश हमाल भन्नेवित्तिकै सबैको जिब्रोमा झुण्डिने एउटा अर्को नाम हो ‘महानायक’ । नेपाली चलचित्रमा अभिनय गरेका सयौँ कलाकारमध्ये राजेश हमाल मात्रै एउटा यस्ता कलाकार हुनुहुन्छ । जसलाई बालकदेखि बृद्धसम्मले उहाँलाई ‘फिल्मी डाइलग’बाटै चिन्छन ।

‘हे मान्छे हुँ मान्छे । तर तँ जस्तो असुरको लागि शंकर हु म शंकर । नरपिचासका लागि नरसुम । र तँ जस्तो रक्तबीजको लागि नरदेवी, उग्रचण्डी, भद्रकाली छोरा मान्छे । शंकर हुँ शंकर ।’
दशकअघि देउती चलचित्रमा अभिनेता हमालले बोलेको यो संवाद अहिले पनि उत्तिकै चर्चित र सान्दर्भिक छ । कसैले हेप्यो, चेप्यो र सानो सम्झ्यो भने राजेश हमालकै डाइलगले प्राय मान्छेहरु आफ्नो तागत देखाउने गरी यस्तो डाइलग बोल्छन ।

राजेश हमालले बोल्ने यस्ता संवादले जनमानसमा एउटा अमिट छाप नै छाडेको छ । चलचित्रमा हमालले ‘हे…..’ भनेर मुड्की देखाउनसाथ खलपात्रको सातो पुत्लो उड्ने गरेको दृश्य पनि धेरै दर्शकले उहाँका दर्जनौ चलचित्रमा देखेका छन् । कतिपयले वास्तविक रुपमा पनि यसको प्रयोग गर्ने गर्छन ।

प्राय द्वन्द्व प्रधान चलचित्रका पोस्टरमा राजेश हमालको फोटो देख्नेवित्तिकै पनि सयौँ दर्शक उहाँको चलचित्र हेर्न हलसम्म पुग्ने गर्थे । भूमिका सानो होस् या ठूलो । राजेश हमालले पनि अभिनय गरेको छ भन्ने सन्ुनेवित्तिकै दर्शक चलचित्र प्रदर्शन हुने हलभरी खचाखच भरिन्थे ।
हमालले अभिनय गरेका दर्जनैा‌ं चलचित्रमा समावेश थुप्रै डाइलगबाट उहाँले कमाएको प्रसिद्धि सायदै अरुले पाए ।

पृथ्वी चलचित्रको ‘साथीको लागि यो हात सलाम, दुस्मनका लागि यो हात फलाम’, खलनायक चलचित्रको ‘सज्जनका लागि नायक हुँ म, दुर्जनका लागि खलनायक हुँ म’ लगायत डाइलग अहिले पनि चर्चामा छन । यस्तै डाइलगले नै राजेश हमाल महानायक बन्न सफल हुुनुभयो ।

चलचित्रको मेरुदण्डका रुपमा लिइने कथामा पटकथाको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । दर्शकलाई दृश्य हेर्दा आनन्द मात्रै होइन बोलेका डाइलग सुन्दा पनि पछिसम्म याद भइरहने हुनुपर्छ । अनि मात्रै चलचित्र व्यवसायिक रुपमा सफल बन्छ भन्ने चलचित्रकर्मीको धारणा छ ।
‘लगानीकर्ताले फिल्ममा लगानी गर्ने भनेकै स्क्रिप्ट र डाइलग हेरेर हो । स्क्रिप्ट राम्रो छ, त्यसमा प्रयोग हुने संवाद पनि समसामयिक छन भने लगानी पाउन समस्या हुदैन । तर स्क्रिप्ट र डाइलग दुबै चित्तबुझ्दो छैन भने त्यसले सफलता पाउन सक्दैन ।’

लामो समयदेखि नायक लिखिल उप्रेतिसंँग काम गर्दै आउनु भएका कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले भन्नुभयो ।
चलचित्र निर्माण गर्दा चाहिने लगानी होस् या त्यसले दर्शकमाझ पार्ने प्रभाव । त्यो संवादले नै निर्धारण गर्छ । बोलीचालीको भाषालाई नै चलचित्रको संवादमा उतारेपछि त्यो दर्शकमाझ अझ लोकप्रिय हुने र दर्शक पनि चलचित्र हेर्न हलसम्म पुग्ने गर्छन ।

डाइलगले चलेको पशुपतिप्रसाद
गत वर्षको उत्कृष्ट चलचित्रको प्राय सबैजसो अवार्ड जितेको ‘पशुपतिप्रसाद’ संवाद नै संवादले चलेको थियो । चलचित्रको ट्रेलरमै आधादर्जन बढी संवाद समेटिएको चलचित्रले करोडौँ व्यापार त ग¥यो नै ।

पशुपतिनाथ क्षेत्रभित्रको वास्तविकता सबै दर्शकसामु पुर्‍यायो । चलचित्रमा अभिनय गरेका र पटकथा लेखेका अभिनेता खगेन्द्र लामिछानेलाई जीवन्त कलाकारका रुपमा पनि पशुपतिप्रसादले स्थापित गरायो । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले करोडौँ व्यापार मात्र गरेन, यसमा समेटिएका हनुमानजी जस्ता शब्दले सामाजिक सञ्जाल प्रयोगकर्ताको बोलीचालीको भाषा नै बन्यो ।

दीपेन्द्र के खनालकै निर्देशन र खगेन्द्र लामिछानेको लेखन तथा मुख्य अभिनय रहेको हालै प्रदर्शन भएका‘धनपति’ चलचित्रले त्यति चर्चा र सफलता पाउन सकेन । जति पशुपतिप्रसादले दर्शकको मन जितेर चौतर्फी वाहवाही बटुल्यो ।

चलचित्र चल्नुका पछाडी उत्कृष्ट कथा, छायांकन, परिपक्क अभिनय भएपनि यसका डाइलग धेरैका जिब्रोमा अहिले पनि झुण्डिरहेका छन । यसै चलचित्रबाट खगेन्द्र लामिछाने र बर्षा सिवाकोटी स्टार भएर सफलताको शिखरमै पुगे । तर यो सफलता उनीहरुले आगामी दिनमा कत्तिको कायम गर्न सक्ने हुन ? त्यो हेर्न बाँकी नै छ ।

फरक विषयबस्तु, उस्तै डाइलग
चलचित्रका कथा सामाजिक हुन या राजनीतिक या त माया प्रेमकै किन नहुन । तर चलचित्रले बोल्ने संवाद भने सामाजिक परिवेशकै बढी छन् । जसले दर्शकलाई आफ्नै गाउँघरमा भए गरेका घटना र अवस्थालाई चलचित्रमा हुबहु देखेजस्तो आभास गराउँछ ।
त्यसैले चलचित्रको कथाका लागि पटकथा लेख्न गाह्रो हुने र त्यसका लागि आफुले लामो अध्ययन अनुसन्धान गर्ने गरेको लेखक तथा अभिनेता खगेन्द्र लामिछाने बताउनुहुन्छ ।

‘दर्शकले खोजेको डाइलग, बोलिचालीको भाषालाई टपक्क टिपेर चलचित्रमा घुसाउन सजिलो छैन । तर लामो समय अध्ययन र अनुसन्धान गरेपछि यो सम्भव रहेछ ।’ उहाँले भन्नुभयो ‘कथाअनुसारको समाज र त्यससँग घुलमिल गरेपछि दर्शकको मन जित्न सकिने रहेछ ।’

एउटै डाइलगले चलेको ‘नाइ नभन्नु ल’
समय फेरिएसँगै चलचित्रको कथा व्यक्त गर्ने शैली र माध्यम पनि फेरियो । फेरिएको शैलीमा प्रयोग हुने संवादले चलचित्र मात्रै होइन, त्यसले दर्शकको माया र साथ पनि उत्तिकै दिलाउने पुष्टि ‘नाई नभन्नु ल’ चलचित्रले गर्छ ।

‘नाई नभन्नु ल’को ‘थाहा छ एकदिन तिमीले मलाई मन पराउनेछौँ । तर भन्न ढिला नगर्नु नि । नत्र तिमीले भनौला मैले नसुनौला ।’ यही डाइलगले चलेको यो चलचित्र पछाडी जोडिने गीतको ‘नाई नभन्नु ल’ ले सबैको मन मात्रै जितेन ।

नाई नभन्नु ल २, ३ र ४ बनाएर निर्माता तथा निर्देशक विकास राज आचार्यले व्यवसायिक सफलता समेत हात पार्नुभयो । उहाँको सफलतासंगै नाइृ नभन्नु ल २ चलचित्रमा गीत गाएका प्रेम परियार रातारात स्टार हुनुभयो । यसका कलाकार अनुभव रेग्मी पनि उत्तिकै चर्चित हुनुभयो ।
यसै कारण पछिल्लो समय नेपाली चलचित्रको बजार क्षेत्र पनि ह्वात्तै बढेको छ । विदेशमा रहेका थुप्रै नेपाली दाजुभाई नेपाली चलचित्र माग गरेर हेर्ने र त्यसबाट संकलन भएको ठुलो रकम निर्मातालाई पठाउने गर्छन ।

सौगात र दयाहाङको भर्सटायल क्षमता
जसका पछाडी अहिले निर्माण हुने आफ्नै मौलिक परिवेशका चलचित्र र त्यसमा प्रयोग हुने डाइलग नै हुन । नेपाली चलचित्र ओरालो लागेका बेला निश्चल बस्नेतले निर्माण गरेको ‘लुट’ले बजार मात्रै पिटेन, अहिलेका दुई ठुला स्टारलाई पनि व्यवसायिक सफलता दिन अब्बल साबित भयो ।

‘दिमाग लगा पासा दिमाग’ भन्ने नेवारी टोनको सौगात मल्लको डाइलग हिट भयो भने सौगात र दयाहाङ राईलाई भर्सटायल कलाकारका रुपमा चलचित्रले स्थापित गर्यो । लुटकै डाइलगलाई निर्देशक निश्चत बस्नेतले ‘काठमाडौँ शहर हेर्दा लाग्छ रहर, साला गिद्धैगिद्धको शहर’ लुट २ मा राख्दा पनि उत्तिकै चर्चित बन्यो ।

समग्रमा यो चलचित्रले कथा मात्रै होइन अहिलेको परिवेशलाई पनि प्रतिनिधित्व गर्यो । तर लुटको सिक्वेलले लुटजति चर्चा र सफलता भने पाउन सकेन । कारण दर्शकले खोजेजस्तो फरक डाइलग नै चलचित्रमा देखिएन ।

शुरुका दिनमा निश्चित सुत्र र संरचनामा निर्माण हुने चलचित्रको विषयवस्तु पनि हिजोआज फेरिएको छ । पहिले चार/चार वटा गीत र द्वन्द्वका दृश्य राखेर निर्माण हुने चलचित्र अहिले गीत र द्वन्द्वविना पनि निर्माण हुन थालेका छन ।

चलचित्रकर्मीको जोड : कथा र पटकथा अर्थात डाइलगमा
चलचित्रको कथा र पटकथा अनुसार लगानीकर्ताले लगानी गर्ने हुँदा पनि हिजोआज नयाँ नयाँ संवादको खोजी र त्यसको प्रयोगमा चलचित्रकर्मी लामो समय खर्च गर्नुपर्ने प्रदर्शनमा आउन लागेको रुद्र चलचित्रका लेखक तथा निर्देशक रामजी लामिछाने बताउनुहुन्छ ।‘हामीले रुद्र चलचित्रको स्क्रिप्टमा मात्रै करिब ७ महिना खर्चियौ ।

किनकी मुख्य कुरा भनेकै कथा अथवा स्क्रिप्ट हो । त्यसमा प्रयोग हुने डाइलग उत्कृष्ट भएन भने लगानी त डुब्छ भने दर्शकले पनि कलाकार र टिमलाई पत्याउन छाड्छ ।’ उहाँले भन्नुभयो ।
यस्ता अरु पनि दर्जनौ चलचित्र छन् । जुन चलचित्रका डाइलग हिट भएरै चलचित्र हिट कलाकार स्टार भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090