देशकै जेठो जुट मिल्सको ढोका तीन वर्षपछि खुल्दै, अध्यक्ष र प्रबन्धक नियुक्त

तीन वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनको तयारीस्वरूप मिल्सका प्रमुखहरू चयन गरिएको छ । जसमा मिल्सको अध्यक्षमा बसन्त वन नियुक्त भएका छन् । देशकै जेठो र ऐतिहासिक उद्योगका रूपमा स्थापित जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई नियुक्त गरेको हो।

त्यस्तै, नीलहरि काफ्लेलाई मिल्सको प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको छ । उनले दुई वर्षदेखि मिल्सको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । काफ्लेले अब मिल्सको दैनिक कार्य सञ्चालन गर्नेछन् ।

नवनियुक्त प्रबन्ध सञ्चालक काफ्लेले निकट भविष्यमै मिल्स सञ्चालनमा लैजाने योजनाअनुसार जिम्मेवारी बाँडफाँड गरिएको बताए । उनले सबैले सरसहयोग गरे लक्ष्यअनुसारै मिल्स सञ्चालनमा ल्याउन सकिने बताए ।

तीन वर्षदेखि बन्द रहेको मिल्सलाई सञ्चालक समितिले आगामी तीन महिनाभित्र सञ्चानलमा ल्याउने योजनाअनुरूप काम अघि बढाएको छ । प्रारम्भिक दिनमा दैनिक २० देखि २५ मेट्रिक टन क्षमताबाट चलाउने गरी प्राविधिक तयारी भइरहेको पनि प्रबन्ध सञ्चालक काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार मिल्स पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन ४५ मेट्रिक टनसम्म उत्पादन गर्न सकिन्छ । तर, लामो समयदेखि बन्द रहेको हुँदा मेसिनरी चिजलाई दुरुस्त पार्न साथै अन्य प्राविधिक कुरालाई व्यवस्थित गर्दै लैजानुपर्ने हुँदा हाललाई आंशिक उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याइन लागिएको हो ।

विराटनगर जुट मिल

मिल्स पूर्ण रूपमा सञ्चालनमा आउँदा कम्तीमा ३ हजार ५ सयले रोजागरी पाउँछन् । तीन वर्षयता मिल्स बन्द भएसँगै उक्त उद्योगमा कार्यरत सबै मजदुरको रोजगारी खोसिएको थियो। भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले ०७१ असोज १८ देखि उत्पादन बन्द गरेपछि ऐतिहासिक जुट मिल्स बन्द भएको थियो । पछिल्लो समय बन्द मिल्स सुचारु गर्न चौतर्फी दबाब बढेसँगै देशकै जेठो उद्योगले नयाँ जुनी पाउन लागेको हो।

तीन वर्षअघि विनसमलाई जुट मिल्सको उत्पादन भाडामा दिने बेलामा नेपाल सरकारले विद्युत्को ३३ केभिए प्रसारण लाइन उपलब्ध गराउने र जुट मिल्सभित्रका भवनलाई कार्यालय तथा क्वार्टरका रूपमा प्रयोग गर्न दिने समझदारी थियो। तर, विनसमले सरकारी पक्षबाट समझदारी पालना नभएको भन्दै करिब ११ महिना दिनसम्म मिल चलाएर बन्द गरेको थियो। त्यसपछि मिल्स बन्द अवस्थामा छ। अहिले सरकारले विनसमलाई उसको जिम्मेवारीबाट हटाइसकेको छ।

पूर्वको प्रमुख औद्योगिक करिडोरमा रहेको देशकै जेठो तथा ऐतिहासिक मिल्स लामो समयसम्म बन्द भएपछि चौतर्फी चासो बढिरहँदा गत कात्तिक २६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिल्सको निरीक्षण गरेका थिए । त्यसबेला उनले जसरी पनि आफूले मिल्स सञ्चालनमा ल्याउने बताएका थिए।

हाल प्रचण्ड प्रधानमन्त्री पदमा छैनन्। तर, उनले त्यस्तो आश्वसन दिएको करिब एक वर्षपछि बन्द मिल्समा लागेको ताल्चा पुनः खुल्न लागेको हो।

 

३३ केभिए विद्युत् जडानको स्वीकृति, चाहिएजति विद्युत् दिइने

नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयले बन्द मिल्स सञ्चालननिम्ति आवश्यक पर्ने विद्युत् जडान निम्ति यसअघि नै आवश्यक तयारी थालेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक व्रजभूषण चौधरीका अनुसार मिल्सलाई सञ्चालन गर्न आवश्यक ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न यसअघि नै स्वीकृति दिइसकिएको बताए।

बन्द मिल्स सुचारु गर्ने तयारीअनुसार प्राधिकरणले करिब तीन हप्ताअघि नै मिल्सलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइनको स्वीकृति दिएको हो। क्षेत्रीय प्रमुख चौधरीले मिल्स सञ्चालननिम्त आवश्यक विद्युत् आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताएका छन्।

जुट मिल्सबाट करिब एक किलोमिटर दक्षिणमा रहेको प्राधिकरणको अल्टरनेटिभ स्विचिङ स्टेसनबाट तार टाँगेर विद्युत् लैजान मिल्ने गरी ३३ केभिए प्रसारण लाइनको व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090