एनआरएन हङकङको अधिवेशनलाई प्रहरीले कडा सुरक्षा दिने

एनआरएन हङकङका सदस्य कर्मा गुरुङमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई छिटै पक्राउ गरिने हङकङ प्रहरीले जनाएको छ। प्रहरीले आइतबार हुने एनआरएन हङकङको अधिवेशनमा प्रहरीले पर्याप्त सुरक्षा दिने बताउँदै ढुक्क भएर अधिवेशनमा सहभागी हुन समेत नेपाली समुदायलाई आग्रह गरेको छ।

हङकङ प्रहरीको ‘याउचिमोङ डिस्ट्रिक्ट पुलिस कम्युनिटी रिलेसन अफिस नेबरहुड पुलिस को–अर्डिनेटर‘ की अधिकारी चोय यूएन–लिङ–इभाले भनिन्, ‘यो अति भयो। हङकङ जस्तो सभ्य र कानुनीराज भएको ठाँउमा यसरी चक्कु प्रहार हुँदा मेरो अफिसर दुःखी हुनुहुन्छ।’

शुक्रबार मध्यरातमा भएको एनआरएन सदस्य तथा छैठौं अधिवेशनका उपाध्यक्ष प्रत्यासी कर्मा गुरुङमाथि भएको सांघातिक हमलाबारे एनआरएनले डाकेको विशेष भेलामा उपस्थित इभाले हङकङ प्रहरी प्रशासनको सन्देश सुनाउँदै भनिन्, ‘हामीले प्रारम्भिक अनुसन्धानबाट केहि सुराक पाएका छौं। नेपाली समुदाय ढुक्क हुनुहोस्। हामी आक्रमणकारीलाई यथाशीघ्र पक्राउ गर्नेछौं।’

एनआरएनको अधिवेशनको मुखैमा भएको अप्रत्याशित आक्रमणपछि समुदायले के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एनआरएन हङकङले समाजका नेता, बुद्धिजिवी र संचारकर्मीलाई डाकेर गरेको छलफलमा ‘याउचिमोङ डिस्ट्रिक्ट पुलिस कम्युनिटी रिलेसन अफिस’ का प्रहरी कन्स्टेबल हुङ का–वाई पनि उपस्थित थिए।

दुवै प्रहरी अधिकारीहरुले आइतबारको अधिवेशनमा ढुक्क भएर जान समेत आश्वस्त पारे। आइतबार हुने अधिवेशनका लागि प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी शान्तिपूर्वक निर्वाचन हुने वातावरण तयार पारिदिने उनीहरुको भनाइ थियो।

अध्यक्षका प्रत्याशी राधिका (टीका) गुरुङले समाजमा यति ठूलो आक्रमण हुँदा समेत नेपाली समुदायका जिम्मेवार नेताहरुले घरमा बसेर सामाजिक सन्जालमा ‘शीघ्र स्वास्थ्य लाभको कामना’ मात्र गर्दै बसिरहेको भन्दै आक्रोश पोखेकी थिइन्। ‘यस्तो बेला दुःख व्यक्त गरेर मात्र पुग्दैन, खुलेर आउनु पर्यो,’ उनले भनिन्, ‘अहिले चुप बस्दा भोलि तपाईंमाथि पनि आक्रमण हुनेछ।’

टीकाको भनाइलाई समर्थन गर्दै कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका गोकर्ण ढकालले बाघले अर्कोलाई खायो भनेर रमिता हेरेर बसे त्यो बाघले भोलि हामी सबैलाई खाने बताए। ‘आक्रमणमा पाकिस्तानी देखिएता पनि तिनलाई भाडामा लगाउने हाम्रै नेपाली दाजुभाइहरु हुन्।’

एनआरएनका निवर्तमान अध्यक्ष दुर्गा गुरुङले यस्ता समाजका अपराधीहरुलाई बहिष्कार गरे नेपाली समाज अपराधमुक्त हुने विचार व्यक्त गरे। ‘प्रहरी प्रशासनले दोषीलाई कार्वाही गर्ला । तर यतिले पुग्दैन,’ उनले भने, ‘लामो समयदेखि समाजमा भइरहेका यस्ता अपराध निर्मुल पार्न दोषीलाई समाजले हरेक कार्यक्रममा प्रवेश निषेध र बहिष्कार गर्नु पर्दछ।’

एनआरएनका सदस्यद्वय इन्द्र बनेम र धर्म गुरुङले छलफलमा सहभागी कोमल गुरुङका प्यानलबाट महासचिव पदमा उमेदवारी दिएका विनय शाहलाई कटाक्ष गर्दै घुमाउरो पारामा आक्रमणमा उनको समूहको हात रहेको आरोप लगाएपछि शाहले यसमा आफूहरुको संलग्नता नरहेको भन्दै प्रतिरक्षा गरेका थिए।

एनआरएन आइसीसी कृष्ण पाण्डेले नेपालीले हङकङेली समाजबाट केही सिक्न नसकेको भन्दै यो घटनाले हङकङका नेपालीलाई विश्वभर मुख देखाउन लाज भएको टिप्पणी गरे। एनआरएन सल्लाहकार कमल पौडेलको बुझाइ थियो , ‘कर्मामाथिको आक्रमण इगोका कारण भएको छ।’

अध्यक्ष ललित लिम्बुको अध्यक्षतामा बसेको छलफलमा संचारकर्मी मगेन्द्र राई, एनआरएन उपाध्यक्ष प्रताप तामाङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुन, तमु ट्यो ह्युलका निवर्तमान अध्यक्ष अर्जुन गुरुङ, हङकङ जनसम्पर्क मन्चका प्रवक्ता ताहिर खानलगायतले आक्रमणको भर्त्सना गर्दै दोषीलाई यथाशीघ्र कार्वाही गर्न सबै समाज एकजुट हुनुपर्ने विचार व्यक्त गरे।

आइतबार एनआरएन हङकङको छैठौँ अधिवेशन पाकिस्तानी क्लबमा हुन गइरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090