कला साहित्य क्षेत्रका यी चर्चित राजनहरु

एउटै र उस्तै नाम हुने संसारमा धेरै मानिस हुन्छन्। प्रसिद्धि कमाएका व्यक्तिहरुकै पनि नाम जुधेका थुप्रै उदाहरण भेटिन्छन्। नाम जुध्नु र त्यसमा पनि एउटै कार्यक्षेत्र हुनेहरुको नाम जुध्नु दुर्लभ संयोग हो। नेपाली कला साहित्यका क्षेत्रमा अहिले राजन नाम त्यस्तै चर्चा कमाउनेमा पर्छन्।

तीमध्ये पाँच जना राजन हुन्: राजनराज शिवाकोटी, राजन ईशान, राजन खतिवडा, राजन मुकारुङ र राजन काफ्ले।

गीत सङ्गीतको कुरा गर्दा राजनराज सिवाकोटी र राजन ईशान अलग्याउनै नसकिने दुई नाम हो। सिवाकोटी धुन बनाउँछन्, ईशान त्यसमा सङ्गीत संयोजकका रुपमा काम गर्छन्। उनीहरुका नाम र कामसँगै मन पनि मिलेर होला, एकपछि अर्को हिट गीत बनाइरहेका छन्। प्रायः एक साथ नै देखिने उनीहरुलाई मितका रुपमा पनि धेरैले लिने गरेका छन्। उनीहरुका ‘सुर्के थैली’ र ‘कुटुमा कुटु’ बोलको गीतले यी दुईलाई करोड भ्युअररको मीत पनि बनाएको छ।

नाटकका राजन (राजन खतिवडा)
अहिले मण्डला थिएटरमा एउटा नाटक चलिरहेको छ, जसको नाम रहेको छ- एन्टिगोनी। इसापूर्व कालखण्डको अवस्थालाई चित्रण गरेर बनाइएको उक्त नाटकका निर्देशक हुन् राजन खतिवडा। रहरैरहरमा नाटक क्षेत्रमा आएका राजनले एन्टिगोनी बाहेक सुनकेशरी, मीतज्यू, डिग्री माइला, चरनदास चोर, मिस जुली लगायतका धेरै नाटकमा महत्वपुर्ण योगदान दिएका छन्। डेनमार्कमा नाटक अध्यन गरेर आएपश्चात राजनले मण्डला थिएटर स्थापन गरेका हुन्। २००९ मा स्थापना गरेको मण्डला अहिले साहित्य, कला र नाटकको एक अनुष्ठानकै रुपमा रहेको छ।

 

साहित्यका राजन (राजन मुकारुङ)
‘दमिनी भीर’ उपन्यासबाट २०६९ सालमा मदन पुरस्कार विजेता बनेका राजन मुकारुङ अहिले पनि निरन्तर लेखनमा छन्। उनको लेखन र प्रकाशनले चर्चा आर्जन गरेकै छ। दुई उपन्यास, चार कविता सङ्ग्रह, एक निबन्ध जस्ता कृति प्रकाशित गरिसकेका राजन सिर्जनशील अराजकता अभियानका एक लेखक हुन्। अहिले पनि समकालीन साहित्यसम्बन्धी औपचारिक वा अनैपचारिक छलफल तथा बहसमा उनी अग्रपंक्तिमा हुन्छन्।

 

ललितकलाका राजन (राजन काफ्ले)
काभ्रेपलाञ्चोकमा जन्मेका राजन काफ्ले हाल काठमाडौँमा क्रियाशील छन्। चित्रकला, मूर्तिकला, मुहार चित्र र प्रतिस्थापन कलामा उनी अब्बल कलाकार मानिन्छन्। उनले पाँच सयभन्दा बढी मुहारचित्र बनाउनुका साथै दर्जनौँ प्रतीक चिन्हको सिर्जना गरिसकेका छन्। देशविदेशमा कैयौं कला प्रदर्शनीमा सहभागी भइसकेका राजनले साहित्यक पुस्तकका कभर कला पनि बनाउँछन्। अहिले पनि उनले फुटकर र संस्थागत कामहरु गरिरहेकै छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090