लता, जसले गीत गाउन खोज्दा अस्वीकार गरियो

बुधबार मात्रै ८७ वर्ष पुगेकी गायिका लताले गीत रेकर्ड गर्न थालेको मात्रै ७३ वर्ष बितिसकेको छ। यस बीचमा उनले रचेको इतिहासको लेखाजोखा राख्न समेत हम्मे हम्मे पर्छ।

एउटा रोचक सन्दर्भबाट सुरु गरौं। जब ९० को दशकमा नायिका काजोलका लागि उनले गीत गाइन्, भारतीय मिडियामा एउटा कुराको चर्चा व्यापक बन्यो। लताले काजलकी आमा तनुजा, आन्टी नूतन र हजुरआमा शोभना सामर्थका लागि समेत स्वर दिएको रोचक तथ्य सबैतिर छायो। सुन्नेलाई पनि अनौठो लाग्ने, मनै रोमाञ्चित हुने।

आफ्नो कर्णप्रिय स्वरले लताले करौडौं स्रोताको मन मात्र जितेकी छैनन्, एक से एक नामूद सङ्गीतकारकै समेत आदर्श गायिका पनि हुन् उनी। त्यसैले आफ्नो प्रारम्भिक दिनमा लताले गीत गाउने अवसर खोज्दा अस्वीकृत भएकी थिइन् भन्ने पत्याउन गाह्रो पर्छ। तर यो सत्य हो। उनी गायिका बन्न संघर्षरत रहेको त्यो समयमा नूर जहाँ र शमशाद वेगम जस्ता गायिकाको दबदबा थियो।

अर्को रोचक कुरा यो छ कि, १३ वर्षको उमेरमा फिल्ममा गाउन सुरु गर्नुअघि सन् १९४२ र १९४८ को बीचमा उनले आठ ओटा फिल्ममा अभिनय गरिसकेकी थिइन्। मराठी भाषी परिवारमा जन्म लिएकी लताको जन्म सन् २८ सेप्टेम्बर १९२९ मा भारतको इन्दोरमा भएको हो। उनका पिता पण्डित दिनानाथ मंगेशकर नाटकका अलावा शास्त्रीय सङ्गीतमा समेत संलग्न कलाकार थिए। लताको वास्तविक नाम हेमा थियो।

 

सन् १९४९ मा २० वर्षको उमेरमा महल फिल्लमा रहेको उनको ‘आएगा आनेवाला’ गीतले उनलाई सर्वाधिक चर्चित बनायो। १९५१ सम्ममा उनी सबैभन्दा व्यस्त गायिका बनिसकेकी थिइन्। त्यसबेला उनी हरेक दिन बिराएर कम्तीमा एउटा गीत गाइन्। आवारा फिल्मको ‘घर आया मेरा परदेसी’ र अबलेलाको ‘शोला जो भड्के’ जस्ता गीतपछि उनको चर्चा थप चुलियो। उनी त्यस समयका सुपरस्टार नायिका नरगिस र मधुबालाका लागि गाउने प्रथम रोजाइकी गायिका थिइन्।

 

उनले गाएका आधा भन्दा बढी गीत ३८४२ मा उनको एकल स्वर रहेको छ। बाँकी १९१९ मा युगल र बहुकलाकारको साथ रहेको छ। मोहम्मद रफीसँग ४ सय ५०, किशोर कुमारसँग ३ सय ४८ र मुकेशसँग १६१ गीतमा उनको स्वर रहेको छ।

सङ्गीतकारमा उनले लक्ष्मीकान्त प्यारेलाल ६ सय ८९, शंकर जयकिशनसँग ६ सय ४१ र आरडी वर्मनको ३ सय ५५ गीत गाइन्। तर उनकै समयका उत्कृष्ट सङ्गीतकार ओपी नय्यरसँग भने उनले काम गरिनन्। उनले मेहदी हसन र जगजित सिंहजस्ता गजल हस्तीसँग पनि काम गरिन्। पछिल्ला वर्षहरुमा सितिमित नगाउने लताले यश चोपडाका फिल्महरुमा भने स्वर दिँदै आएकी छिन्।

 

लताका बहिनी आशा भोसले र उषा मंगेशकर पनि उनकै समयका चर्चित गायिका हुन्। दिदी बहिनी भए पनि लता र आशालाई मिडिया र स्रोताहरुले समेत प्रतिस्पर्धी गायिकाका रुपमा लिइरहे। तर सार्वजनिक रुपमा भने यी दुईले एक अर्काको सदैव तारिफ गर्दै आएका छन्।

जीवनभर अविवाहित रहनु लताको अर्को विशेषता र मिडियाको चासोको विषय बन्यो। जीवनभर अविवाहित लताको नाम पटक पटक क्रिकेटर (स्व) राजसिंह दुंगपुरसँग जोडिएको थियो। यद्यपि लताले राजसिंह आफ्नो नजिकको मित्र रहेको बताइरहिन्। दादा साहेब फालके र भारत रत्न जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेकी छिन्। वार्षिक रुपमा पाइने अवार्डको त उनका लागि सामान्य कुरा भयो।

उनका ‘आजा रे परदेसी’, ‘कहीँ दीप जले कहीँ दिल’, ‘तुम्ही मेरे मन्दिर, तुम्ही मेरे पूजा’, ‘आप मुझे अच्छे लगने लगे’ गीतका लागि बलिउडको लोकप्रिय फिल्मफेयर अवार्ड पाएकी उनले दिदी तेरा देवर दिवानाका लागि उनले फिल्मफेयरकै स्पेसल अवार्ड समेत पाएकी छिन्। सन् १९९३ मा उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत पाएकी छिन्।

झण्डै ५० वर्ष अघिको नेपाली फिल्म माइतीघरको ‘जुन माटोमा मेरो’देखि पछिल्लो समय रामकृष्ण ढकालको तीन वर्षअघिको ‘बाचुन्जेलीलाई’ जस्ता नेपाली गीतमा समेत उनको स्वर गुन्जिएको छ। लताले भारतका क्षत्रीय भाषाहरु बाहेक अङ्ग्रेजी भाषामा समेत गीत गाएकी छिन्। उनले सबैभन्दा बढी चाहिँ हिन्दी र मराठीमा गाइन्।

उनको ८७ औँ जन्म दिनमा भारतका प्रधान मन्त्री नरेन्द्र मोदीदेखि एआर रहमानसम्मले शुभकामना दिएका छन्। हजारौं गीतमा सुमधुर स्वर भरेकी उनलाई संसारभरका प्रशंसकहरुले सोसल मिडिया मार्फत शुभकामना त दिने नै भए।
उनकी बहिनी आशाले ट्विटरमा लेखेकी छिन्, ‘बर्थ डे ग्रिटिङ्स टु दिदी!’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090