किन छुट्टियो ‘सुपर कपल’?

विश्व गुलावी दुनियाँ यतिबेला केही आश्चर्य, केही दुःखी र केही कुतुहलताको त्रिवेणीमा छ। कारण, हलिउडको सबैभन्दा ‘गोल्डन जोडी’को उपमा पाएको अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राड पिटको सम्बन्ध अदालतको सँघारमा पुगेको खबर जो सार्वजनिक भएको छ।

सौन्दर्य र धनकी सबैभन्दा अग्ली अभिनेत्री जोलीले एकाएक पति ब्राडसँग टाढिने निर्णय गरेपछि उनका प्रशंसकहरु मात्र होइन अरु मान्छे पनि एक झमट प्रेम र सम्बन्धको रहस्यबारे सोच्न बाध्य छन्। जोलीले ‘डिभोर्स केस’ दर्ता गरेसँगै उनीहरुको १२ वर्ष लामो सम्बन्धमा र दुई वर्षको विवाहमा पूर्णविराम लागेको छ। र, ‘ब्रान्जेलिना’को ‘सुपर कपल’ टुटेको छ।

त्यसो त हलिउडमा सम्बन्धविच्छेद नयाँ कुरो होइन। भर्खरै मात्र हलिउडको अर्को चर्चित जोडी जोनी डेप र अम्बेर हर्डको पनि सम्बन्धविच्छेद भएको थियो।

जोलीले सम्बन्धविच्छेदको निर्णय एक हप्ताअघि मात्रै लिएको बताइएको छ। कानुनी कागजातअनुसार उनीहरु सेप्टेम्बर १५ देखि अलग्गिएका छन्। जोलीले बच्चाहरु आफूसँग रहने र पिटले बेलामौकामा भेट्न पाउने व्यवस्था सहितको सम्बन्धविच्छेदका लागि माग गरेकी छन्।

जोलीका प्रतिनिधिले उनको सम्बन्धविच्छेद परिवारका लागि भएको जनाएका छन् भने पिटले यससम्बन्धमा प्रतिक्रिया दिदैँ आफू दुःखी भएको जनाएका छन्।

जोलीले सेलिब्रेटी वकिल लौरा वासरलाई आफ्नो वकिल चयन गरेकी छिन्, जसले जोनी डेपको सम्बन्धविच्छेद गराएकी थिइन्।

पिट र जोलीको सम्बन्धको सुरुवात सन् २००४ मा भएको थियो, जब उनीहरु मिस्टर एन्ड मिसेज स्मिथको सुटिङ गरिरहेका थिए। त्यसबेला पिट जेनिफर एनिस्टनसँग विवाह बन्धनमा थिए। सुटिङकै क्रममा जोली र ब्राड नजिकिए।

उनीहरुको सम्बन्धले मिडियामा ठूलो स्थान पाएन मात्र हलिउडले एउटा चर्चित स्टार जोडी भेट्टायो पनि। ब्राडले जोली अँगालेपछि पीडित बनेकी एनिस्टनले जनवरी २००५ मा सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी थिइन्। त्यसको केही समयपछि नै जोली र पिट सँगै केन्यामा छुट्टी मनाइरहेको तस्वीर सार्वजनिक भयो। उनीहरुको साथमा ‘एडप्टेड’ छोरा म्याडक्स पनि थिए।

२००६ मा यो जोडीले इथियोपियाबाट छोरी जहारालाई धर्मपुत्री ग्रहण गर्यो। २००६ को मे महिनामा उनीहरुले छोरी सिलोह जन्माए भने मार्च २००७ मा उनीहरुले भियतनामबाट प्याक्सलाई धर्मपुत्र ग्रहण गरे। जुलाई २००८ मा जोलीले भिभियन र नक्स नामका जुम्ल्याहा बच्चा जन्माइन्।

सन् २०१२ मा उनीहरुले इन्गेज्मेन्टको घोषणा गरे। सन् २०१३ मा आफूलाई स्तन क्यान्सर हुने जोखिम ८७ प्रतिशत भएको भन्दै जोलीले दुवै स्तनको म्यास्टेक्टोमी शल्यक्रिया गराइन्। उनले स्तन क्यान्सरको जोखिम नियन्त्रणका बारेमा जनचेनता जगाउन खेलेको भूमिका स्मरणीय मानिन्छ।

सन् २०१४ मा उनीहरुले दक्षिणी फ्रान्समा पुगेर विवाह गरेका थिए।

मिडियामा ‘सुपर कपल’का रुपमा चित्रित यो जोडीको आपसी सम्बन्ध भने उति सुखद् थिएन। एक ट्याब्लोइडले दाबी गरेअनुसार पिटमाथि जासुसी गर्न जोलीले एक निजी गुप्तचर नै राखेकी थिइन्। उनलाई पिट ‘आलाइड’ कोस्टार मरियन कोटिलार्डसँग नजिकिएको शंका थियो।

ब्राड पिट आफ्नो लामो र सफल फिल्मी करिअरमा थुप्रै नायिकाहरुसँग नजिकिए। उनले १९८० र ९० को दशकमा आफ्ना कोस्टारहरु रोबिन गिभन्स, जिल स्कोलेन, जुलियट लेविस र ग्वेन्थ पाल्ट्रका साथ डेट गरेका थिए। सन् १९९२ को रिभर रन्स थ्रु इट नामक फिल्मबाट हलिउडमा आफ्नो अलग पहिचान स्थापना गरेका पिटका लिजेन्डस अफ फल, इन्टरभ्यु विथ भ्याम्पायर, सेभेन, १२ मन्किज, फाइट क्लब, ओसन्स सिक्वेल, ट्रोय, द क्युरियस केस अफ बेन्जामिन बटनजस्ता फिल्म चर्चित छन्। उनले द डिपार्टेड, १२ इयर्स अ स्लेभ, द बिग सर्टजस्ता फिल्म प्रोडक्सन गरेका छन्। त्यसैकारण उनी हलिउडका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन्।

एन्जेलिना जोली हलिउडका कलाकार जोन भोइटकी छोरी हुन्। उनी १९९५ को ह्याकर्स फिल्मबाट हलिउडमा स्थापित भएकी हुन्। त्यसपछि उनले जर्ज वालेस, जिया, गर्ल इन्टरप्टेडजस्ता फिल्ममा अभिनय गरिन्। गर्ल, इन्टरप्टेडबाटै उनले सन् १९९९ मा ओस्कार हात पारिन्। त्यसयता उनका लारा क्रफ्ट, वान्टेड, साल्ट, माइटी हार्ट, अनब्रोकेनजस्ता फिल्म हिट भएका छन्।

उनले सन् १९९६ मा अभिनेता जोनी ली मिलरसँग विवाह गरिन्। ४ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो। सन् २००० मा उनले बिली बब थोर्नटनसँग लगनगाँठो कसिन्। उनीहरुको त्यो विवाह पनि सन् २००३ मा आएर टुंगियो।
फिल्म करिअरबाहेक पनि जोली शिक्षा, स्वास्थ्य, पर्यावरणजस्ता क्षेत्रमा सक्रिय छिन्। उनी संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको विशेष दूत पनि हुन्। साथै अभिनय र सुन्दरतामा जोली मानक पनि मानिन्छिन्। उनको ओठको नक्कल गर्दै प्लास्टिक सर्जरी गराउनेहरुको संख्या अनगिन्ती छ।

कतिपयले पिट र जोलीको सम्बन्ध टुट्नुलाई त्यति आश्चर्यको रुपमा लिएका छैनन्। केही ट्याब्लोइडहरुले त यसलाई अवश्यंभावी घटनाको रुपमा चर्चा गरेका छन्। उनीहरुले कारण दिएका छन्, जोली र पिटको सम्बन्धको सुरुवात एनिस्टनलाई धोका दिएर भएको थियो। जुन सम्बन्ध धोकाबाट सुरु हुन्छ, त्यो धोकैमा टुंगिन्छ।

जे होस्, हलिउडको लाइमलाइटमा थुप्रै कुरा क्षणभंगुर छन्। जोली र पिटजस्ताको ‘पावर कपल’मा देखिएको फाटोले उनीहरुका करोडौँ फ्यानलाई चोट त पुगेकै छ, सँगै हलिउडमा विवाह टिक्दैन भन्ने भनाइलाई पनि अझै बलियो बनाएको छ।

– एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090