‘डायरी लेख्ने बानीले उपन्यासकार बनायो’

सानैदेखि कथा पढ्न मन पर्थ्यो । बहिनीहरुलाई कथा सुनाउनु मेरो सबैभन्दा प्रिय काम थियो । कहिलेकाहीँ सिनेमासम्बन्धी लेख लेखेको थिएँ । कहिलेकाहीँ गीत पनि लेख्छु । तर आख्यान लेखेको थिइनँ ।

उपन्यास लेख्न खोज्दा धेरैले सस्तो प्रचार खोजेको आरोप लगाइरहेछन् । तर नयाँ नयाँ काम गर्नु मेरो रुचि हो ।

पढ्नेसँगै स्कुल छँदैदेखि डायरी लेख्ने बानी बस्यो । यही डायरी लेख्ने बानीले उपन्यास लेख्न सजिलो बनायो । तर उपन्यास डायरीजस्तो सजिलो नहुँदोरैछ । कोर्दै मेट्दै गर्दा मलाई डेढ वर्ष लाग्यो । यसबीच म कहिले कथामा डुबेँ त कहिले पात्रमा । यसकी मूल पात्र कथा मेरो आत्मीय साथी बनेर मसँगसँगै हिँडिरही । पुरुष पात्र अशोक घरीघरी मेरो वैरी बन्यो । अशोकसँग मेरो ठूलो चित्त दुखाइ छ भने कथासँग अथाह प्यार । आख्यान लेख्दा पात्रमा यति डुबिँदोरैछ कि ती पात्रले हसाउने र रुवाउने सामथ्र्य राख्दारैछन् । रिस उठाउने र उक्साउनेसम्मको शक्ति तिनमा हुँदोरैछ ।

तीन वर्षअघि मैले गाई भैसी पाल्ने र खेती गर्न थालेँ । टोखामा दश रोपनी जग्गामा तरकारी उत्पादन गर्दाका अनुभव डायरीमा उतारेकी थिएँ । लेख्दै जाँदा किताब बन्छ जस्तो लागेपछि यसैमा घोत्लिन थालेँ ।

कृषिप्रधान देशमा केही उदाहरणीय काम गर्न सक्छु कि भनेर यो पेशामा लागेकी हुँ । त्यही कामको अनुभवमा आधारित भई किताब लेख्ने निर्णय गरेँ । सुरुमा उपन्यास लेख्ने विचार थिएन, संस्मरण लेख्ने सोच थियो । एक चरण लेखेर साथीभाइलाई देखाउँदा ‘कस्तो निरस !’ भने । उनीहरुले आख्यान रुचिकर हुने प्रतिक्रिया दिए । रोचक बनाउन प्रेमकथा जोड्ने सुझाव दिए । त्यही सल्लाहअनुसार प्रेम जोडेर आख्यान बनाएँ । प्रेम सबैको रुचिको विषय हो । मलाई पनि प्रेम कथा मन पर्छ ।

मैले नजिकबाट देखेका मदानपुर, नुवाकोटका मानिसहरु यसका पात्र छन् । कृषि क्रान्तिको आदर्श सपना नै यसको केन्द्रीय विषय हो । यसका मुख्य पात्रहरु युवा छन् । पात्र खोज्न मैलै आप्mनै वरपरका युवाका आनीबानी, भावना र सपनाको अवलोकन र मूल्यांकन गरेकी छु । मेरो स्वअनुभव र अनुभूतिले पनि मलाई सघाएको छ । उपन्यासको पहिलो ड्राप्mट कवि विप्लव ढकाललाई बुझाएँ । वहाँको प्रतिक्रिया पाएपछि लाग्यो, केही समय ब्रेक लिँदै लेख्नु पर्नेरहेछ ।

नाच्ने र नाटक खेल्ने रहरले मलाई सिनेमामा पुर्यायो । डायरी लेख्ने बानीले उपन्यास लेखनमा हाम्फालेकी छु । केहीले सिनेमा नपाएर किताब निकालेको आरोप लगाएका छन् तर मैले सिने क्षेत्र पूरै छोडेको छुइनँ । म जत्तिको सेलिब्रेटीको किताब सहजै छापिएला भन्ने लाग्थ्यो । मेरो अपेक्षा विपरीत फाइन प्रिन्टका अजित बरालले उपन्यास सम्पादनमा जोड दिए । सम्पादन गर्दा धेरै कुरा सिकियो। जुन आगामी किताब लेख्दा काम लाग्छन् ।

मैले अभियन गरेको ‘चपली हाइट’ सिनेमाको मूल विषय यौन सेरोफेरोमा मात्रै भएको टिप्पणी भयो । मैले कृषि व्यवसायमा काम गर्दा धेरैले प्रोपोगान्डा ठाने । उपन्यास लेख्न खोज्दा पनि धेरैले सस्तो प्रचार खोजेको आरोप लगाइरहेछन् । तर नयाँ नयाँ काम गर्नु मेरो रुचि हो । यसलाई चर्चाको मोह भन्नेहरुसँग मलाई मतलब छैन ।

‘जुइनो’ शब्दको अर्थ बन्धन हो । यो नाम कृष्ण अविरलले सुझाएका हुन् । युवा पुस्ताले मेरो उपन्यास पढेर कृषि क्रान्ति गरिहाल्लान् भन्ने त लाग्दैन तर यो व्यवसायभित्र रहेको प्रचुर सम्भावनाप्रति पक्कै आकर्षित हुनेछन् भन्ने आशा गरेकी छु ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090