‘विकास पक्षमा निर्मम भएर निर्णय गर्छौं’

नेकपा एमालेका मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा चुनिएका छन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवर थिए, जो करिब १४ हजार मतको फरकमा पछि परे। विजयी घोषणा भएसँगै जिसीले भने, ‘स्वच्छ प्रतिस्पर्धा भयो, वैरभाव राख्नुपर्ने केही छैन, सबैलाई साथ लिएर विकासमा जुट्नेछु।’

अपेक्षा गर्नुभएको थियो, यो खालको जित हुन्छ भनेर?
गाविस र केन्द्रको गरी यो मेरो चौथो चुनाव हो। गाविसको चुनाव लड्दा एकल ढंगको हुँदो रैछ। आफू जति दौड्यो, त्यति हुने। संविधानसभाको दोस्रो पटकको चुनावको पनि अनुभव थियो। त्यो बेलाका कमी, कमजोरीबाट सिकेको थिएँ। पार्टी हुने भइहाल्यो, साथीभाइ र आफन्त पनि सहयोगी भए । कास्की जिल्लामा बसेर ५० सालदेखि पार्टीको कहिले प्रमुख, कहिले इन्चार्ज भएर काम गरें । सामाजिक रुपमा पनि काम गरें । साथीहरुलाई मैले भनेको थिएँ, ‘१० हजारको मतान्तरले जित्छौं।’ तर साथीहरुले त्यत्रो होइन, ३/४ हजार मतान्तरले जित्नुहुन्छ भन्नुहुन्थ्यो । अहिले तपाईंले भनेको ठीक रहेछ भन्नुभएको छ साथीहरूले।
यो सहज ढंगले पहुँच पुर्याउन सकिने मान्छे हो भनेर मतदाताले विश्वास गर्नुभएको हो । यसले अवसर पाएको छैन र पाउँदा पनि बेइमान गर्दैन भन्ने मतदाताको विश्वास हो । मेयर भइसकेपछि यो विश्वासलाई मैले जतन गर्नेछु।

अझै इमान्दारीपूर्वक भन्दिनोस् न किन यति धेरै मत आयो होला?
म राजनीतिक रुपमा, सामाजिक रुपमा कास्कीमा घुलमिल भइराखेको र सबैले सकारात्मक भएर सहयोग गरिदिनुभएकाले पनि हो।

कांग्रेस र माओवादी गठबन्धन किन असफल भयो?
उत्तर–दक्षिणको सम्बन्ध असम्भव थियो । जबर्जस्ती सम्बन्ध कायम गर्न खोज्दा मतदाताले सहज रुपमा लिएनन्। स्थानीय चुनाव नभएको २० वर्ष भएकोले अरु पार्टीले आफ्नो धरातल थाहा पाएनन्। हाम्रो पार्टी एमालेले जितेर जानुपर्छ भनेर लागेका थियौं। पार्टी सरकारमा हुँदा हाम्रो अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएर भारतीय नाकाबन्दीका विरुद्ध जुन खालको अडान लिनुभयो, राष्ट्र र राष्ट्रियताका बारेमा जुन खालको प्रष्ट धारणा आयो, त्यसबाट पनि मतदाता आकर्षित भएको हाम्रो ठम्याइ हो।

अलिअलि अन्तर्घात पनि भयो होला नि तपाईंहरूलाई?
अन्तर्घात त म भन्दिनँ । हामीले संस्थागत रुपमा गरेका कमजोरीले केही केही भोट तलमाथि भए होलान्। उम्मेदवार छनोट गर्दा भएका समस्याले केही केही तलमाथि भयो होला तर अन्तर्घातै भयो भन्ने पक्षमा छैन। ती समस्या पार्टीलाई चुस्त, दुरुस्त बनाएपछि ठीक हुन्छन्।

मेयरको पदबहाली गरेपछि केबाट काम सुरुआत गर्नुहुन्छ?
महानगर ठूलो छ। काम पनि धेरै गर्नुछ। तर हामी मसिना कामबाट सुरु गर्छाैं। सेवाग्राहीले बिना झन्झट सेवा पाउनुपर्छ। पहिलो काम त्यो हुन्छ। सुन्दर नगरी पोखरा भनेका छौं तर सडकमा तारैतारको जालो छ, फोहोर छ। नाला छ, पानी बग्दैन। सडकमा बग्छ। त्यस्ता साना काम पनि जनताले प्रत्यक्ष महसुस गर्नेगरी गर्छाैं। पार्टीभित्र र बाहिरका विज्ञ साथीहरूको सीप, क्षमतालाई महानगरको विकासका लागि सदुपयोग गर्छाैं ।

अहिलेसम्म नगरपालिका कर्मचारीबाट चल्यो । त्यहाँ एकखाले जालो लागिसकेको छ । त्यो जालो च्यातेर काम गर्न सक्नुहुन्छ?
सकिन्छ । तर एकैचोटि छुमन्तरकी बाचा नहोला। कर्मचारी साथीहरूको पनि क्षमता बढाएर काम गर्नुपर्छ । जनताले तिरेको करबाट तलब, भत्ता खाएको हुँदा जनताको सेवक बन्नुपर्छ । हामीले पनि त्यही गर्नुपर्छ । जनताको हितका निम्ति कुनै पनि मोलाहिजा नगरी काम गर्छाैं।

अहिलेको महानगरका त धेरै काम कर्तव्य र अधिकार छन् नि?
महानगरको विकासका लागि यहाँ काम गर्न सुरु गर्यो भने माथिबाट रोकिदिने, यहाँ काम गर्नुपर्यो भने माथि सोध्नुपर्ने अवस्था अब रहन्न। संविधानसँग नबाझ्ने गरी आफूलाई चाहिने नियम, कानुन पनि हामी बनाउन सक्छौं । सय वर्षपछिको पोखरा कस्तो बनाउने भनेर अहिले हामीले काम गर्न सक्छौं। त्यो दूरगामी दृष्टि र योजना बनाएर हामी काम गर्न सक्छौं । पोखरामा स्रोतको अभाव छैन, साधनको अभाव छैन । अभाव छ त केवल दृढइच्छा शक्तिको । दृढ इच्छा शक्ति लिएर काम गर्न सक्छौं हामी।

अब पोखरा यस्तो बन्छ भनेर कहिले भन्न सकिएला?
विज्ञहरूको सहयोगमा पोखराको गुरुयोजना नै बनाएर काम गर्ने हो । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर हामी अगाडि बढ्छौं। पोखरालाई उपयुक्त हुने नीति बनाएर कार्यान्वयन गर्छाैं । हामी विज्ञ होइनौं । विज्ञहरुको सहयोग लिने हो । साँच्चै पोखरा बनाउन हामी आँखा चिम्लिएर निर्मम भएर निर्णय गर्छाैं। बरु निर्णय गर्नुभन्दा अघि १७ चोटि सोच्छौं । हामीले अर्काे पुस्तालाई कस्तो पोखरा दिने भन्ने चुनौती छ। यो पोखराको सरकार हो। यसले कस्तो संस्कार बसाल्छ भन्ने महत्वपूर्ण हुन्छ।

महानगरको नामबाट लेखनाथ हटाउनुपर्छ भन्ने माग पनि सुनिन्छ । के गर्नुहुन्छ?
भावनात्मक रुपमा जोडिएको नाम हो लेखनाथ। पोखरा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त नाम हो । पहिचान र भावनासँग जोडिएको लेखनाथ कुनै उत्तेजना र आवेशमा आएर हटाउँदा मान्छेहरुको मनमा चोट पर्छ । सबैको साझा सहमति भए हामी समात्दैनौं । मान्छेहरुको भावनामा ठेस पुर्याएर अर्काे विद्रोह जन्माउने हाम्रो उद्देश्य हुँदैन।

तपाईंसँग मेयरमा प्रतिस्पर्धामा उभिएर निकटतम् प्रतिस्पर्धी बन्नुभएका कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई के भन्नुहुन्छ?
मलाई एमालेले टिकट दियो। तर भोट धेरैले दिनुभयो। क्रस मत आए। कुँवरजी र म फरक पार्टीबाट प्रतिस्पर्धा गर्यौं। स्वच्छ प्रतिस्पर्धा भयो। वैरभाव राख्नुपर्ने केही छैन। हामी उहाँलाई पनि साथ लिएर पोखराको विकास गर्छाैं।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090