प्रचण्डलाई हराएका केसीको काँधमा खेलकुद सुधार्ने यस्ता जिम्मेवारी

मन्त्रिपरिषद विस्तारका क्रममा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन) ले पाएका छन्। दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेर एकाएक चर्चामा आएका केसीको काँधमा नेपाली खेलकुद जगतमा रहेको विकृति हटाउने जिम्मेवारी अाइपरेको छ।

कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति र कांग्रेसका महासमिति सदस्य समेत रहेका केसी पार्टीभित्र प्रकाशमान सिंह निकट मानिन्छन्। २०१२ साल असोज २८ गते कीर्तिपुर नगरपालिका १३ चोभारमा जन्मिएका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्।

प्रचण्डलाई हराएर चर्चा कमाएका केसी मन्त्री बनेपछि उनका अघिल्तिर खेलकुद क्षेत्रमा रहेको समस्या समाधान गर्ने चुनौतीको चाङ छ।

खेलकुद क्षेत्रमा केसीले गर्नुपर्ने मुख्य कामहरु:

यसअघि पुष्पकमल दाहाल प्रचण्डको सरकारमा खेलकुद मन्त्रालय सम्हालेका दलजीत श्रीपालीले झण्डै दश महिने कार्यकालमा आफूले गरेका विभिन्न २९ बुँदे कामहरु सार्वजनिक गरेका थिए। जसमध्ये उनले राष्ट्रिय खेलकुद नीति-२०६७ परिमार्जनको अन्तिम चरणमा पुगेको बताएका थिए। नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण मानिएको उक्त नीतिलाई निर्क्यौल गर्दै त्यसलाई कार्यान्वयनमा लैजानु उनको मुख्य चुनौती हुनेछ।

त्यस्तै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) को नेतृत्वमा नेकपा एमालेका तर्फबाट सदस्य सचिव केशवकुमार विष्ट पदासीन छन्। यसअघि पनि मन्त्री र सदस्य सचिव भिन्न पार्टीका भएका कारण खेलकुदका विभिन्न कार्यक्रमहरु प्रभावित हुने अवस्था श्रृजना भएको थियो। नवनियुक्त मन्त्री केसीले गरेका निर्णयहरु कार्यान्वयनमो जिम्मा सदस्य–सचिवको हुने भएकाले सदस्य सचिवसँगको तालमेल केसीका लागि चुनौती हुनेछ।

लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी तथा नेपाल क्रिकेट संघको विवाद सल्टाउने जिम्मेवारी पनि उनको काँधमा हुनेछ। त्यसगरी प्रदेश नम्बर ५ मा आयोजना हुने भनिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा सन् २०१९ मा काठमाडौं र पोखरामा सञ्चालन गरिने निर्णय भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणलाई गति दिनु पनि उनको प्राथमिकतामा पर्नु जरुरी छ।

भूकम्पले भत्काएको नेपालको एकमात्र दशरथ रंगशालाको निर्माण कार्य निकै ढिलो गतिमा अघि बढ्दा नेपालले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने अवसर गुमाउनु पर्ने अवस्था छ। त्यसैले नवनियुक्त मन्त्रीले दशरथ रंगशालालाई निर्माण कार्यलाई तीव्रता दिनु आवश्यक छ।

अघिल्ला मन्त्रीले नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेपनि त्यसको विकास र विस्तारका लागि कुनै ठोस कदम अघि ल्याउन सकेनन्। नवनियुक्त मन्त्रीले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090