१३ औँ साग समयमै गराउलान् मन्त्री केसीले?

नेपालले अायाेजनाकाे जिम्मा लिएकाे १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न गर्न झण्डै डेढ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ। नवनियुक्त युवा तथा खेलकुदमन्त्रीको पदभार ग्रहण समारोहमा मन्त्रालयका काम कारबाहीबारे प्रष्ट पार्दै सचिब महेशप्रसाद दाहालले सो अनुमानित बजेट आवश्यक पर्ने ब्रिफिङ गरेका हुन्।

सन् २०१९ मार्चमा हुने भनिएको १३ औं सागका लागि नेपालले आयोजनाको झण्डा उचालेको डेढ बर्ष बढी बितीसक्दा समेत त्यसलाई लक्षित गरेर हालसम्म कुनैपनि पूर्बाधारको निर्माण अघि बढाइएको छैन।

२०७२ को फागुन पहिलो साता भारतमा भएको १२ औं सागको समापनका दौरान तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं साग आयोजनाको झन्डा ग्रहण गरेका थिए।

उनीपछि झन्डै १० महिना मन्त्रालय सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका पूर्वमन्त्रि दलजित श्रीपालीले पनि सागको तयारीका लागि कुनै ठोस कार्यक्रम अघि सार्न सकेनन्। यसैबीच एनओसी अध्यक्ष श्रेष्ठसहितको टोलीले भुटान पुगेर १३ औं सागमा २५ खेल राख्ने सहमति गरेर आएकाे थियो।

नवनियुक्त खेलकुद मन्त्री केसीले साग आयोजना गर्नु मुलुकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले आफ्नोे कार्यकालको पहिलो प्राथमिकतामा पर्ने बताएका छन्। सागलाई आवश्यक पर्ने बजेट विनियोजित गराउन समेत आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै  उनले आफू राजनीतिभन्दा माथि उठेर दैनिक प्रशासनिक कार्य गर्ने प्रतिक्रिया दिए।

हरेक दुई बर्षमा आयोजना गर्ने उद्देश्यका साथ साग सन् १९८४ मा काठमाडौंबाट सुरु भएको थियो। तर, विभिन्न विवादहरुका कारण पछिल्लो ३३ बर्षमा अहिले सम्म १२ पटक मात्र आयोजना गर्न सम्भव भएको छ।

यसअघि नेपालले भने १९९९ मा आठौं साग आयोजना गरेको थियो तर, हाल भुकम्प पछि क्षतिग्रस्त दशरथ रंगशालाको पुर्ननिर्माण कार्य निकै सुस्त गतिमा भइरहेको र अर्को आयोजना स्थल पोखरा रंगशालाको काम पनि अघि नबढेकाले समयमै साग आयोजना नहुने सम्भावना बढ्दै गएकाे छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090