सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

प्रतियोगिताको विजेताले मात्रै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्वकपमा छनोट हुन पाउने प्रावधान रहेकाले गत बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनले पराजित भएपछि नेपालको सम्भावनाको ढोका लगभग बन्द भईसकेको थियाे।

नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपल्ट यू–१९ विश्वकप खेलेको थियो। त्यसपछि उदाएको अफगानिस्तान नेपालका लागि तगारो बन्यो। त्यसयता नेपालले चारमध्ये यू–१९ विश्वकप दुईपल्ट मात्रै यू–१९ विश्वकप खेल्न पायो। गत महिना टेस्ट मान्यता पाएको अफगानिस्तानले यसपटक पनि नेपाललाई निराश पारेकाे छ।

नेपाल छनौटमा पर्न नसकेपछि दुखी बनेका नेपाली समर्थकलाई कप्तान सन्दिप लामिछानेको प्रदर्शनले खुशी तुल्याएको छ। लेग स्पिनर सन्दिपले प्रतियोगितामा खेलेका ६ खेलबाट २४ विकेट लिदै प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी बनेका छन्। योसँगै उनको नाम प्रतियोगितामा उच्च विकेट लिने खेलाडीको सूचिको शीर्षस्थानमा छ।

मलेसियासँग जित निकाल्ने क्रममा सोमबार मात्रै उनले ७ विकेट लिएका थिए। त्यसअघि सिंगापुर र मलेसियासँग सन्दिपले ५ विकेट लिएका थिए। अफगानिस्तानसँगको महत्वपुर्ण खेलमा भने उनले पहिलो खेलमा २ तथा दोस्रो खेलमा उनले १ विकेटमै चित्त बुझाउनु पर्यो।

‘सन्दिपका लागि यो प्रतियोगिता निकै महत्वपुर्ण रह्यो,’ सन्दिपको प्रदर्शनको समिक्षा गर्दै नेपाली प्रशिक्षक जगत टमटा भन्छन्, ‘तर कप्तान भएका नाताले टोलीलाई विश्वकपसम्म डोर्याउन चुक्नु उनको थोरबहुत नैतिक दायित्व उनले लिनुपर्छ।’

‘बलरहरुले प्रतियोगितामा पाँच विकेट लिनुलाई निकै महत्वपुर्ण मानिन्छ,’ उनले भने, ‘सन्दिपले यस प्रतियोगितामा तीन पटक ५–५ विकेट लिएर आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका छन्।’ यसअघि वसन्त रेग्मीले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २ पटक ५–५ विकेट लिएका थिए। एशोसियट राष्ट्रमा उत्कृष्ट प्रदर्शन मानिदै आएका बलरहरुको ट्यागलाई जोगाउन सन्दिपको भूमिका महत्वपुर्ण रहेको उनको ठम्याई छ।

चितवनको क्याम्पा चौरमा २०७२ सालमा भदौमा तत्कालिन प्रशिक्षक पुबुदु दासानायके सन्दिपलाई पहिलोचोटी भेटेका थिए। सन्दिपले फालेका विभिन्न भेराइटीहरुबाट प्रभावित हुदै दासानायकेले उनलाई नेपाली क्रिकेटको ढोका खोलिदिएका हुन्।

त्यसपछि भएको आईसीसी यू–१९ विश्वकपमा छनोट भएका सन्दिपको क्रिकेट यात्राले गति लियो। २०१६ मा भएको उक्त यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ५ विकेट लिनेक्रममा उनले ह्याट्रिक गरे। सो प्रतियोगिता सकिँदासम्म सन्दिप सर्वाधिक विकेट लिनेहरुको सूचीको दोस्रो स्थानमा थिए। उनले प्रतियोगितामा १४ विकेट लिएका हुन्।

उक्त प्रतियोगितापछि आईसीसीले बनाएको उत्कृष्ट ११ खेलाडीको सूचीमा अटाएका थिए। त्यसवेला प्रतियोगितामा उनले फालेको भेराइटीको एउटा भिडियो विश्वभर निकै भाइरल बनेको थियो। जसले उनलाई ‘नेपाली शेन वार्न’ को उपमा समेत दिलायो।

गतबर्षको वैशाखमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत, नामिबियासँग खेलमा सन्दिपले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। त्यसपछि उनी निरन्तर राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्। श्रीलंकामा गत डिसेम्बरमा भएको यू–१९ युथ एसिया कपमा सन्दिपले पहिलोचोटी नेपालीको कप्तानी सम्हाल्ने मौका पाएका हुन्। त्यसयता उनको कप्तानीमा नेपालले यू–१९ प्रतियोगिताहरुमा अन्तराष्ट्रिय सहभागिता जनाउँदै आएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090