भरतपुर -१९ मा २० साउनमा पुनः निर्वाचन, वडामा को बलियो?

भरतपुर महानगरपालिका—१९ मा पुनः मतदानको मिति तोकिएको छ। भरतपुर—१९ मा आगामि २० गते मतदान हुने भएको हो। निर्वाचन अधिकृतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो। निर्वाचनका लागि मंगलबारदेखि नै शुन्य समय शुरु भएको छ।

मुद्दा अदालतमा थियो उम्मेदवार घरदैलोमै
भरतपुर महानगरपालिका बारेको मुद्धा अदालतमा चलेपनि उम्मेदवार भने घरदैलोमै थिए, भलै उनीहरु पछिल्ला दिनमा अलिक सुस्ताएका देखिन्थे। केन्द्रीय नेताको समेत प्रतिष्ठा जोडिएको विषय भएका कारण दुवै पक्ष भरतपुरलाई गुमाउन चाहँदैनन्। यसबीचमा एमाले उम्मेदवार देवी ज्ञवाली मतपत्र च्यात्ने माओवादी कदमको ‘भण्डाफोर’ गर्ने भन्दै घरदैलोमा थिए। बहाना माओवादीको ‘भण्डाफोर’ भनिए पनि उनको उद्धेश्य आफुलाई मत माग्ने नै थियो।

ज्ञवालीले आफु दुई महिनादेखि जनताकै बीचमा रहेको बताए। ‘अदालतमा मुद्धा चलेपनि हामी दुई महिनादेखि जनताकै बीचमा छौं, उहाँहरुको अपार माया पाएका छौं, भरतपुरका जनता मतपत्र च्यात्नेलाई नै पुनः मतदान गर्ने की जनताको पक्षमा रहेको उम्मेदवारलाई गर्ने भन्ने द्विविधामा हुनुहुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने ‘जनताको मायाले नै मलाई यहाँसम्म ल्याएको हो, फेरि पनि जनताको मत पाएरै विजयी हुन्छु।’

यस्तै, माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालपनि घरदैलोमै छिन् दुई महिनादेखि। उनीपनि एमाले प्रचारका कारण आफ्ना मत नगुमुन् भन्नेमा सचेत छिन्। त्यसबेला प्राप्त गर्न नसकेको कांग्रेस कार्यकर्ताको मतसमेत यसपाला पाउने रणनीति सहित माओवादी र कांग्रेस नेता कार्यकर्ताहरु रेणुको पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन्।

भरतपुर—१९ मा को बलियो?
शारदानगर, गुञ्जनगर र किरणगञ्ज समिटिएको भरतपुर–१९ लाई यसअघि नेपाली कांग्रेसको गढ मानिन्थ्यो। तर अघिल्लो निर्वाचनमा यही वडाबाट एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीलाई समानान्तर मत खसेपछि कांग्रेस—माओवादी गठबन्धन जिल्लिएको थियो।

अघिल्लो पटकको निर्वाचनमा १९ नम्बर वडाबाट वडाबाट कांग्रेस मतदाताले माओवादी केन्द्रले अपेक्षा गरेजति मत रेणुलाई नदिएको गठबन्धन पार्टीको विश्लेषण थियो। तर अवको मतदानमा माओवादी केन्द्रले वडाभित्रका काँग्रेस मतदाताको उच्चतम् मत रेणुलाई पार्ने यत्न गर्नेछ। यसमा उसले पक्कै पनि गठबन्धनको सहयोगी दल कांग्रेसका जिल्लास्थित नेताहरुलाई सघन रुपमा परिचालन गराउने छ भन्नेमा कुनै शंकै छैन।

यसैगरि, एमालेले पनि वडा नम्बर १९ बाट देवी ज्ञवालीलाई अधिक मत खसाउने प्रयत्न गर्नेछ। चितवन एमालेले मतपत्र च्यातिएको प्रकरणलाई वडामा मज्जाले भजाउन बाँकी राख्ने छैन भन्नमा पनि कुनै शंकै छैन।

प्रतिपक्षी दल भएकाले स्वभाविक रुपमा सत्ता गठबन्धनको ज्यादती र षडयन्त्रका कारण यो वडाका मतदाताले दुख्ख पाएको भन्दै एमाले उम्मेदवारले वडा नम्बर १९ मा नयाँ कोणबाट आफ्नो प्रचारप्रसार गर्नेछन्। उता, माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले भने निर्वाचन आयोगले ऐन बमोजिम नै पुनः मतदान गराएको भन्दै आफ्ना मतदाताहरुलाई आश्वस्त पार्ने छन्।

यति हुँदाहुँदै, प्रतिष्ठा र एकप्रकारको विकसित अहंमको लडाईँ भएकाले भरतपुर महानगरको वडा नम्बर १९ दुबै पक्षका लागि ‘गर कि मर’को प्रयोगस्थल हुने निश्चित छ। यस्तोमा, मतदातालाई अनावश्यक र अवैध तरिकाले आकर्षित गर्ने खेलहरु नहोलान् भन्न पनि सकिन्न। त्यसैले निर्वाचन आयोग यसबारे सचेत रहन जरुरी छ।

सघन श्पर्धाको केन्द्र बन्ने यो वडाको सुरक्षाको विषय पनि त्यत्तिकै संवेदनशिल हुन सक्छ। त्यसैले यसबारे पनि सुरक्षा निकायले पक्कै ध्यान देला।

यस्तो थियो पृष्ठभूमी

भरतपुरको मतगणनापनि रोचकै भयो। कुल २९ वडामध्ये २७ वडाको मतगणना सकिँदासमेत कसैले परिणामको आँकलन गर्न नसक्ने अवस्था थियो। जब १९ नम्बर वडामा रहेका २८६८ मध्ये २२०० मत गनिसकेपछि माओवादी केन्द्रका दुईजना कार्यकर्ताले मतपत्र च्याते त्यसपछि यो बिषय राष्ट्रिय चासोको विषय बन्यो।

गत जेठ १४ गते मध्यराती माओवादी केन्द्रका दुई कार्यकर्ताद्वारा भरतपुर महानगरपालिका—१९ को मतगणना भइरहँदा मतपत्र च्यात्तिनुअघि एमाले उम्मेद्वार देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका थिए भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४० हजार १ सय ९६ मत प्राप्त गरेकी थिइन्।

मध्यरात साविकको जिल्ला विकास समिती अगाडि रहेको भरतपुर महानगरपालिकाको कभर्डहलमा मतपत्र च्यातिएपछि एकाएक माहोल बदलिएको थियो। मतपत्र च्यातिएलगत्तै निर्वाचन अधिकृतले मतगणनास्थल ‘सिल’ गरेर मतपत्र च्यातेको रिपोर्ट निर्वाचन आयोगमा पठाएका थिए।

भरतपुर घटनाका बिषयलाई लिएर बसेको आयोगको बैठकले सत्यतथ्य बुझी प्रतिवेदन पेस गर्न आयोगका सहन्याधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा ३ सदस्यीय अनुगमन टोली गठबन गरी चितवन पठाएको थियो। टोलीले स्थलगत अनुगमन, सरोकारवालासंग छलफल र सोधपुछ गरेको थियो। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचनमा भाग लिएका राजनीतिक दल, मतगणना खटिएका निर्वाचन आयोगका कर्मचारी लगायत प्रत्यक्षदर्शीसंग भेटेर छलफल गरी टोलीले आयोगलाई प्रतिवेदन बुझाइएको थियो। टोलीको प्रतिवेदनलाई आधार मानि निर्वाचन आयोगले गत जेठ २० गते भरतपुर—१९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

तर निर्वाचन आयोगले भरतपुर—१९ मा पुनः मतदान गर्ने निर्णय सुनाएपछि एमालेका तर्फबाट भरतपुर—१९ मा खुला सदस्यका उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले पुन मतदान गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले गत असार ६ गते एक साताको समयसिमा तोकेर च्यातिएका मतपत्र झिकाउन आदेश दिएको थियो। पटक पटक सरेर अन्ततः आइतबार भरतपुर—१९ को मतपत्र च्यातिएका विषयमा सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णयलाई सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090