डा. केसीको अनशन टुङ्ग्याउने सरकारी प्रयास

स्वास्थ्य शिक्षा सुधारको माग राखेर ११ औं पटकको अनशनमा बसेर डा. गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्तै कमजोर बन्दै गएपछि सरकार उनको अनशन टुङ्ग्याउन प्रयासरत बनेको छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला र मध्यस्थकर्ताहरु राखेर सदनभित्र संसदीय समितिमा रहेको स्वास्थ्य शिक्षा विधेयक परिमार्जन गर्न गरेको सहमति कार्यान्वयन नभएपछि अनशनमा बसेका डा. केसीले अनशन टुङ्ग्याउन मानेका छैनन्। खासगरी राजधानीमा दश बर्षसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिइनु हुँदैन भन्ने बटमलाइनमा डा. केसी अडिग छन्। तर, विधेयक यही मर्ममा परिमार्जन हुन सकेन।

मनमोहन लगायत अन्य मनसाय पत्र पाएका मेडिकल कलेजलाई भविश्यमा सम्बन्धन दिन सकिने कानुनी छिद्र राखेर विधेयक परिमार्जन भएको भन्दै केसी पक्षधरहरु विधेयकका सरोकारवालाप्रति असन्तुष्ट छन्।

तर, सरकारले मनसाय पत्र लिएका मनमोहन मेडिकल कलेज लगायतका संस्थालाई किन्ने तयारी स्वरुप एउटा समिति बनाउने र अहिलेलाई विधेयक स्थगित गर्ने तयारी गरेको छ। सरकारको यो तयारी मान्य भएमा केसीको अनशन टुंगिन सक्ने छ।

आजकै मन्त्रिपरिषद् बैठकले यस्तो समिति बनाउने र डा. केसीलाई अनशन तोड्न आग्रह गर्ने बताइएको छ। ‘यो अवस्थामा डा. केसीले अनशन तोड्नुहोला भन्ने लागेको छ’ यो मामिलामा माओवादी केन्द्रबाट अगुवाइ गरिरहेका नेता नारायणकाजी श्रेष्ठले भने, ‘फेरि देश पनि प्राकृतिक प्रकोपमा परेको छ, यस्तो बेला अनशन टुङ्ग्याउनुहोस् भन्ने हाम्रो आग्रह डा. केसीलाई रहन्छ।’

यसैबीच मनमोहन मेडिकल कलेजका अध्यक्ष तथा एमाले सांसद राजेन्द्र पाण्डेले मनमोहन मेडिकल कसैले चाहेर किनबेच हुन नसक्ने प्रतिक्रिया दिएका छन्। नेपालखबरसँग कुराकानी गर्दै सांसद पाण्डेले भने, ‘संसदको समितिले पनि कसैका नाजायज मागलाई सुन्नेवाला छैन र मेडिकल कलेज पनि बेचिनेवाला छैन।’

उनले मनमोहन मेडिकलको संरचनामा २६ सय जनाको लगानी परेको हुनाले एकाध व्यक्तिको रायका आधारमा कुनै निर्णय हुन नसक्ने बताए। भने, ‘स्पष्ट हुनुहोस् हामीले मनमोहन मेडिकल कलेज सरकारलाई दिँदैनौं।’

यसअघि पनि मनमोहन मेडिकल कलेजलाई सरकारले किन्ने निर्णय गरेको थियो तर अध्यक्ष पाण्डे लगायतका शेयर धनीहरुले यो निर्णय कार्यान्वयन हुन दिएनन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090