पर्यटन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा, १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराए । […]


भारतीय लर्डस् ग्रुपले नेपालमा २ होटल थप्दै

१० साउन, काठमाडौं । काठमाडौंको गौशालामा चार तारे होटल मिराज लर्डस् होटल सञ्चालन गरिरहेको लर्डस् होटल ग्रुपले नेपालमा थप दुईवटा होटल खोल्ने भएको छ । भारतमा थप दुई र नेपालमा थप दुई गरी तत्कालै ४ वटा होटल थप्ने तयारी रहेको लर्डस् होटल ग्रुपले जनाएको छ । लर्डस् होटल ग्रुपले सन् २०१७ सकिँदा सम्ममा होटल अकुपेन्सीमा […]


यति एयरलाइन्स अब ‘एटीआर’ युगमा, ल्यायो ७२ सिटे नयाँ विमान

७ साउन, काठमाडौं । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ […]


सोल्टीका सञ्चालकले साढे ५ अर्बमा ‘सिप्राभ्य होटल’ खोल्दै

७ साउन, काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्काे होटल खोल्न लागेका छन् । उनले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागेका हुन् । यो होटल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने गत २ साउनमा उद्योग विभागमा दर्ता भएको छ । अब पर्यटन मन्त्रालयबाट […]


गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

१० साउन, नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौंको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै […]


फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?

फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्टफोन निर्माण गरिरहेको खुलासा गरिएको हो । हार्डवेयरमा काम गर्ने फेसबुकको एक युनिटले गत जनवरीमा एक मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको पेटेन्टका लागि निवेदन दिएको थियो । उक्त डिभाइसमा स्पिकर, क्यामरा, माइक्रोफोन, टचस्क्रिन तथा डिस्प्ले हुनेछ […]




भर्खरै view all

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090